Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

ताप्लेजुङमा भूकम्पकाे धक्का

२८ मंगलबार , माघ २०८२१९ घण्टा अगाडि

ताप्लेजुङमा भूकम्पकाे धक्का

ताप्लेजुङ जिल्लाकाे कञ्चनजंघा आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मंगलबार बिहान पाैने ३ बजेतिरकाे समयमा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएकाे बताइएकाे छ । भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेकाे र सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको केन्द्रले जनाएकाे छ ।

यसअघि माघ २५ गते साँझ इलाममाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको थियाे । त्यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएकाे थियाे ।

पछिल्लाे समय नेपालकाे विभिन्न जिल्लाहरुमा भूकम्प जाने गरेकाे छ ।