Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, माघ २०८२10th February 2026, 12:33:31 am

प्रहरी समाचार

२७ सोमबार , माघ २०८२६ घण्टा अगाडि

प्रहरी समाचार

नेपाल प्रहरी - रणनीतिक सम्मेलन

काठमाडौं, २६ माघ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान
कार्यालय नक्सालमा संचालित प्रहरी व्यवस्थापन र परिचालन ः विद्यमान चुनौतीहरू र भावी
कार्यदिशा विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” सोमबार
आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ । 
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको
व्यावसायिक एवम् व्यवहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावहरूबाट
नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गर्नुभयो ।
प्रविधिको माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखा परेका नवीनतम्
चुनौतीहरू समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्नको
लागि नागरिकको रचनात्मक सहयोगको पनि निरन्तर आवश्यकता रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू
आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता
अभिवृद्धि, प्रशिक्षण एवम् वृत्ति विकासमा मार्गदर्शक हुने बताउनुभयो । सम्मेलनले नेपाल
प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल
प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार र नागरिकको प्रहरी
प्रतिको विश्वासमा वृद्धि गर्न समेत सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी रणनीतिक सम्मेलनका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन
अधिकारीले सम्मेलनको महत्व सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल
प्रहरी रणनीतिक सम्मेलनको गतिविधि समेटिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको
थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त
महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू,
वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न
क्षेत्रका विज्ञ, विद्यार्थीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, पूर्व मुख्यसचिव लिलामणि
पौडेल, अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, गृहमन्त्रालयका सहसचिव काली
प्रसाद पराजुली, नविल बैंकका प्रमुख कार्यकारी अधिकारी मनोज कुमार ज्ञवाली, कानुनविद्हरू
विष्णु सापकोट, अपुर्व खतिवडा, लक्ष्मी बखाड्यो, डा. रमेश पराजुली, गोपाल रिजाल, पूर्व
परराष्ट्र सचिव मधुरमण आचार्य, मानवअधिकारकर्मी कृष्ण पहाडी, सुरक्षाविद् चिरनजंग थापा,
वरिष्ठ कलाकार राजेश हमाल, लेखक खगेन्द्र संग्रौला, अनुसन्धानकर्ता डा. खगनाथ अधिकारी,
अन्तर्राष्ट्रिय विपद विज्ञ डा। सुमन कुमार कर्ण, सूचना प्रविधि विज्ञ गौरव राज पाण्डे, दीपक
मल्ल, डा. श्रीधर मरासिनी, मनोज शाक्य, सडक पूर्वाधार विज्ञ ई. पार्थ पराजुली, सुनिल
पौडेल, अनिल मर्सानी लगायत विभिन्न क्षेत्रका विषय विज्ञहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय, अन्तर्राष्ट्रिय, क्षेत्रीय र
राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम्
प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधार ः नेपाल प्रहरी र नागरिक
सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि,
संचार र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी, सडक
सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका लगायतका विषयहरूमा सहभागी र विषय विज्ञबीच वृहत
रूपमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।      
 
अपराध अनुसन्धान र शान्ति सुरक्षा विषयक अन्तरक्रिया
काठमाडौं, २६ माघ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान
कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच अपराध अनुसन्धान र शान्ति
सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
छ ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था
कायम राखी अपराध रोकथाम र अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भएता पनि
संचार माध्यमहरू लोकतन्त्रका मेरूदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा र राज्य तथा
नागरिक बीचको सन्देश वाहकको रूपमा स्थापित संस्थाहरू भएको चर्चा गर्दै कुनैपनि
घटनाक्रम बारे सर्वसाधारणको पहिलो धारणा संचार माध्यम मार्फत नै निर्माण हुने हुँदा
सम्प्रेषण हुने प्रत्येक सूचना सत्य, तथ्य, सन्तुलित र जिम्मेवारीमा आधारित हुनु अत्यन्त जरूरी
रहेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा
सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फर्मेसन हुने, विचार फरक
भएर डिस इन्फर्मेसन हुने, डिप फेक र एआइको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट
सिर्जित झुटा सामग्रीले बढावा पाइरहेको कुरा हामी सबैको साझा चिन्ताको विषय रहेको
उल्लेख गर्दै यस प्रकारको गतिविधिहरूले अपराध अनुसन्धान, शान्ति सुरक्षा, सामाजिक
सद्भाव, राष्ट्रिय सुरक्षा र न्यायिक प्रक्रियामा समेत प्रत्यक्ष असर पार्ने भएको हुँदा यसको
समाधानका उपाय र नीतिगत सुधारका विषयमा संयुक्त रूपमा गहिरो विश्लेषण र ठोस सुझाव
निकाल्नु अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । संचार माध्यम र प्रहरीहरूले
आपसी सम्मान, निष्पक्षता, व्यवसायिकता, संस्थागत मर्यादा र आचार संहितालाई उच्च
प्राथमिकतामा राख्नुपर्ने एवम् प्रहरी र सञ्चार माध्यमहरू दुवैको साझा लक्ष्य सत्यको खोजी गर्नु
रहेकोले दुवै पक्ष बीच प्रभावकारी अन्तरक्रिया, अन्तर निकाय सहयोग, समन्वय र सुस्पष्ट
सूचना आदान प्रदान हुनुपर्ने उहाँले जोड दिनुभयो । साथै यस अन्तरक्रियाबाट अपराध
अनुसन्धान तथा शान्ति सुरक्षा र संचार माध्यम बीचको सम्बन्ध अझ मजबुत, जिम्मेवार र
परिणाममुखी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले
स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला
शर्माले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार लक्ष्मण हुमागाँईले नियन्त्रणमा सञ्चारकर्मीको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अवकाश प्राप्त
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त कार्यपत्र माथि टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
काठमाडौं, २६ माघ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ८ ग्राम १ सय ८० मिलिग्राम सहित दैलेख गुराँस गाउँपालिका ४ बस्ने २८ वर्षीय
डिल बहादुर बिक समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी
कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका ७ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २५
ट्याब्लेट सहित सोही नगरपालिका ८ बस्ने २४ वर्षीय छिरिङ लामालाई सोमबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई
उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

जिल्ला काठमाडौं, भएको वर्ष ३२ को बद्री सिलवालले अध्ययन भिसामा विदेश पठाउने भनि सोही कन्सल्टेन्सीको खातामा २ जना विद्यार्थीहरूलाई जम्मा रु २१,७०,०००।( रकम जम्मा गर्न लगाई निजहरूलाई पोर्चुगल पठाउने प्रक्रिया गर्दै गरेको भनि झुलाई उक्त कन्सल्टेन्सी बन्द गरी फरार भई ठगी गरेको भनी प्राप्त जाहेरीको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२० गते निजलाई पक्राउ गरी थप लिइ अनुसन्धान भइरहेको ।

साथै, हालसम्म निजले आफ्नो परिचय केदार प्रसाद सिलवाल हो भनि अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाउने भनि केदार प्रसाद सिलवालको नाममा रु १२,००,०००। को चेक काट्न लगाई भुक्तानी लिएको र केदार प्रसाद सिलवालकै नामको बैंक खातामा रु.४०,०००।( रकम समेत जम्मा गर्न लगाई जम्मा रु।१२,४०,०००। रकम ठगी गरेको जाहेरी दरखास्त प्राप्त भएको तथा निज बद्री सिलवालले जिल्ला चितवन, भरतपुर उपमहानगरपालिका १० मा सञ्चालन गरी ४ जनालाई सर्बिया देशमा कामदार भिसामा पठाउने भनि जम्मा रु.२१,९०,५००। रकम लिई सम्पर्क विहीन भएको भनी उजुरी प्राप्त भएको र निजले स्पेन पठाउँछु भनि अन्य तिन जना मानिसहरूबाट समेत रु.१२,००,०००। रकम लिई ठगी गरेको भनि पीडित सम्पर्कमा आएको ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं, २६ माघ । काठमाडौं, तारकेश्वर नगरपालिका ६ जरङ्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १
हजार ८ सय ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा तारकेश्वर नगरपालिका(६ जरङ्खु बस्ने नवलपरासी पुर्व घर भएका २४ वर्षीय
गुराँस गुरूङ र काठमाडौं नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका २ घर भएका २३
वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका १६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध
ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित काठमाडौं टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय
प्रकाश ठकुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले
बा ५५ प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी
चालक ठकुरीलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका १८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल
४ सय ७० ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालिकोट घर
भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौं महानगरपालिका १८ घर भएका कुशलरत्न
तुलाधर रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध
सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका १ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन
जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई
आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको
प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका(९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन
जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका ८ बस्ने १९
वर्षीय धनराज बुढा समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका
प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका १३ राजपुरबाट अवैध लागूऔषध खैरो
हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका १ बस्ने
२९ वर्षीय दिनेश विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी
कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, ग्रामथान गाउँपालिका(५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १
हजार २० टयाब्लेट र स्पास्पेन १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका ११ बस्ने २५ वर्षीय
रन्जित साह र सोही गाउँपालिका ५ तेतरीया चोकस्थित बैजनाथ औषधि पसलका संचालक
७३ वर्षीय भकुलाल विश्वास थारू रहेका छन् । प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरीले
तेतरीयाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १.०१.००२ ह ३९७३ नम्बरको सिटि
सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटिमा सवार
भकुलाललाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो
देखिने पदार्थ ५ ग्राम ४२ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दिपक विक र २५ वर्षीय अशोक विक
रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय
सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं, २६ माघ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै
रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर धापाखेल बस्ने काठमाडौं कीर्तिपुर नगरपालिका २ घर
भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, काठमाडौं चन्द्रागिरी
नगरपालिका १४ बस्ने बागलुङ काठेखोला गाउँपालिका(२ घर भएकी ४३ वर्षीया कोपिला
शर्मा, काठमाडौं महानगरपालिका(२६ बस्ने धनकुटा, धनकुटा नगरपालिका(२ घर भएका ३१
वर्षीय सन्तोष राई र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ बस्ने काभ्रे चौंरीदेउरीली
नगरपालिका ९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।  
पक्राउ मध्ये विना र विन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख
रूपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, सन्तोषले
कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रूपैयाँ र कुमारीले
पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन
भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रहरीले विना र विन्दालाई काठमाडौं महानगरपालिका ११ बाट
तथा कुमारीलाई काठमाडौं महानगरपालिका ४ बाट आइतबार, कोपिलालाई काठमाडौं
चन्द्रागिरी नगरपालिका १४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका २६ बाट
शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग
ताहाचल काठमाडौं पठाइएको छ ।  

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
कैलाली, २६ माघ । टीकापुर नगरपालिका ९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजार रूपैयाँ
सहित भारत लखिमपुर बस्ने ३० वर्षीय योगेश कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ
गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले
भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ बिएफ ७१६१ नम्बरको मोटरसाइकलमा सवार
उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धनकुटा, २६ माघ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका ५
मुर्कुटेटार बस्ने २९ वर्षीय अजय लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका
प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त
घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध बरामद
नवलपरासी पश्चिम, २६ माघ । सरावल गाउँपालिका ७ गणेशपुरबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ५ सय
७० एम्पुल, प्रोमेथाजाइन १ हजार ३ सय ६५ एम्पुल र बुप्रेनोर्फिन १ हजार ४ सय ७५
एम्पुल आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट आउँदै गरेको
बा।प्र.०६.००२ प ६४६६ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात
मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा समेत संलग्न नियन्त्रणमा
काठमाडौंका विभिन्न स्थानहरूमा रातको समयमा घरको ताल्चा फुटाई सुन, चाँदी, नगद तथा विद्युतीय सामाग्रीहरू, निर्माणाधीन भवनहरूबाट धारा, टुटी तथा फिटिङका सामाग्रीहरू चोरी भएको भनी जिल्ला प्रहरी परिसर काठमाडौं तथा विभिन्न प्रहरी कार्यालयहरूमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्दा सो किसिमका चोरी तथा मिति २०८२।१०।१६ गते काठमाडौं महानगरपालिका ४ चप्पल कारखाना स्थित रहेको काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र साहको डेराकोठामा भएको चोरीमा समेत संलग्न निम्न ३ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०। २४ गते नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ६ को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको ।

पक्राउ परेका मानिसहरू 
१। जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १६ बालाजु हाईट घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ बाँसबारी बस्ने वर्ष ४२ को मनिष राजवाहक ९२०८२ भाद्र २४ गते नख्खु कारागारबाट फरार भएको०  
२। जिल्ला सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका ६ पड्कु घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३१ गैरिगाउँ बस्ने वर्ष ४६ को खिम बहादुर खड्का  
३। जिल्ला डोटी, दिपायल सिलगढी नगरपालिका ६ घर भइ जिल्ला धादिङ, धुनिबेशी नगरपालिका ७ खानीखोला बस्ने वर्ष ४५ को संजय श्रेष्ठ

साथै, निज मनिष राजवाहक विरुद्ध प्रहरी वृत्त कालीमाटीमा मिति २०७२।०२।२४ मा केही सार्वजनिक अपराध मुद्दा र प्रहरी वृत्त महाराजगञ्जमा मिति २०७२।०३।०८ मा चोरी मुद्दा, खिम बहादुर खड्का विरुद्ध प्रहरी वृत्त बौद्धमा मिति २०७९।०८।११ मा बैंकिङ कसुर र संजय श्रेष्ठ विरुद्ध प्रहरी वृत्त बौद्धमा मिति २०६४।०७।२९ मा जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दा दर्ता भएको देखिएको ।