Advertisement Banner
Advertisement Banner

१३ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रपति पौडेलसँग गोर्खा ब्रिगेडका प्रतिनिधिमण्डलकाे भेटवार्ता

२७ सोमबार , माघ २०८२७ महिना अगाडि

राष्ट्रपति पौडेलसँग गोर्खा ब्रिगेडका प्रतिनिधिमण्डलकाे भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायती सेनाअन्तर्गत गोर्खा ब्रिगेडका कमान्डेन्ट मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्डको नेतृत्वकाे प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । उनिहरुले   
राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरेका हुन् ।

आज भएको भेटमा मेजर जनरल स्ट्रिकल्यान्डसँगै डेभिड जे. रोविन्सन पनि सहभागी रहेका थिए भने साे भेटका अवसरमा नेपालका लागि बेलायतका राजदूतकाे समेत उपस्थित रहेका थिए ।भेटका क्रममा मेजर जनरल स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गुर्खाज’ को सन् २०२५ का लागि तयार पारिएको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरिएकाे थियाे ।

भेटमा नेपाल-बेलायतबीचको दीर्घकालीन सम्बन्ध, साझा हित तथा दुवै पक्षका चासोका विषयमा विचार-विमर्श गरिएको थियो भने भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् ।