
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको हाे ।
बढेकाे मूल्य अनुसार सुन प्रतिताेला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे सुनको मूल्य प्रतिताेला ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँमा काराेबार भएको थियो । अघिल्लो साता ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर २ लाख ८६ हजार ४ सय रुपैयाँसम्म पुगेको थियाे ।
त्यसैगरि आज चाँदीकाे मूल्य पनि तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । हिजाे आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।


