Advertisement Banner
Advertisement Banner

१३ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

ठगी गरि फरार दिपक थापा मगरनियन्त्रणमा

२७ सोमबार , माघ २०८२७ महिना अगाडि

 ठगी गरि फरार दिपक थापा मगरनियन्त्रणमा

वादी नेपाल सरकार प्रतिवादी दावा भन्ने दाफुरी शेर्पा समेत भएको हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा मिति २०८२।०८।१५ गते पक्राउ परेका प्रतिवादी दावा भन्ने दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र पाँच लाख रकम दिएमा दावा भन्ने दाफुरी शेर्पालाई छुटाई दिन्छु भनि रकम ठगी गरि फरार रहेका जिल्ला नुवाकोट, लिखु गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ८ नेपालटार बस्ने वर्ष ४० को दिपक थापा मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८२।१०।१९ गते जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका बानियाँटारबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको ।