Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, माघ २०८२10th February 2026, 12:33:31 am

अण्डाको मूल्य घट्याे कतिमा हुँदैछ काराेबार

२७ सोमबार , माघ २०८२१९ घण्टा अगाडि

अण्डाको मूल्य घट्याे कतिमा हुँदैछ काराेबार

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरि अण्डाको मूल्य घटाएकाे छ । अहिले नेपालमा अण्डाकाे उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएकाले मूल्यमा गिरावट आएको संघले जनाएकाे छ ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डाकाे समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट ३ सय ७५ र मिडियम ३ सय ३५ कायम गरिएको बताइएकाे छ । यहि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ र मिडियम ४ सय ५ रहेको थियो भने माघ ११ गते ठूलो अण्डा ४ सय ९५ र मिडियम ४ सय ७५ पुगेको थियो ।

त्यस्तै गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च ठूलो अण्डा प्रतिक्रेट ५ सय ६५ र मिडियम अण्डा ५ सय ५० पुगेकाे थियाे । अहिले अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउने र त्यसकाे आधारमा प्रतिक्रेट ५ सय ७४ रुपैयाँ ६ पैसा हुने भएपनि पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका छन् ।

संघले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गरेकाे छ ।