
हिजाे साँझ इलाममा भूकम्प गएको छ । इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हाे ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलामको माइजोगमाई आसपास केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको बताइएकाे छ । यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।


