Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

‘ईभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

२६ आइतबार , माघ २०८२५ घण्टा अगाडि

‘ईभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

गएराति बैतडीमा ‘ईभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–३, खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२–००१ ज ०६२४ नम्बरको ‘ईभी हाइस’ सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा चालक दोगडाकेदार–५, का मदन ठगुन्ना गम्भीर घाइते भएकाे र उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जनाएका छन् । सडकबाट २५० मिटर तल खसेर दुर्घटनामा रेकाे हाइसमा चालकमात्र भएकाे बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।