
नेपाली बजारमा सुनचाँदीको भाउ फेरि ओरालो लागेको छ । हिजो तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज पनि ४ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


