Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

राष्ट्रप्रेमले ओतप्रोत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

२३ बिहिबार , माघ २०८२८ महिना अगाडि

राष्ट्रप्रेमले ओतप्रोत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको भाव बोकेको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ। समसामयिक परिस्थिति र राष्ट्रियताको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले देशप्रतिको माया, एकता र जिम्मेवारीको सन्देश प्रवाह गरेको छ।
गीतका शब्द स्वयं गायक सबिन खड्काकै हुन् भने संगीत चर्चित गायक तथा सर्जक बैकुण्ठ महतले तयार पारेका हुन्। गायनमा सबिन खड्कासँगै गायिका सुनितामी परियारको मधुर स्वरले गीतलाई थप भावुक र प्रभावशाली बनाएको छ।
माया–प्रेमका गीतहरूको भीडबीच राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर समयसापेक्ष सिर्जना ल्याउनु आफूलाई जिम्मेवारीपूर्ण लागेको गायक खड्काले बताएका छन्। उक्त गीत क्प् भ्लतभचतबष्लmभलत ल्भउब ियुट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।