Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

गहना चोरेर फरार अभियुक्तलाई गोली प्रहार गरी पक्राउ

२३ बिहिबार , माघ २०८२११ घण्टा अगाडि

गहना चोरेर फरार अभियुक्तलाई गोली प्रहार गरी पक्राउ

कराेडाैँकाे सुनकाे गहना चोरेर फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेकाे छ । काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

गएराति नागार्जुन नगरपालिका–६, बाट अभियुक्त बाँकेका प्रेम चौधरीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेकाे बताइएकाे छ । पक्राउ परेका चौधरीकाे साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जनाएका छन् ।  

प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको र अभियुक्तको खुट्टामा गोली लागेको प्रहरीले जनाएकाे छ । हाल निज चौधरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने उक्त घटनामा एक जना प्रहरी पनि घाइते भएकाे बताइएकाे छ ।