
आज नेपाली बजारमा सुनको मूल्य बढेर ३ लाख ४ हजार नाघेको छ । आज प्रतितोला सुन १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोलामा १४ हजार ४ सय रुपैयाँले बढेको हो । हिजो छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज बढेर ५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८ सय १ रुपैयाँमा कारोबार भईरहेको छ ।


