
आज रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ । हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर मनाइने विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाउने गरिन्छ ।
क्यान्सर रोगप्रति चेतना अभिवृद्धि गर्ने र यसको रोकथाम गर्न विश्व क्यान्सर दिवस मनाउन थालिएकाे हाे । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको हो ।
हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ) ले जनाएकाे छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हाे ।


