Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

उच्च पहाडी तथा हिमाली भागमा हिमपात र वर्षा

२२ बुधबार , माघ २०८२२ घण्टा अगाडि

उच्च पहाडी तथा हिमाली भागमा हिमपात र वर्षा

अहिले मुलुकभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादली भएको छ ।

आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज राति तराईका केही स्थानमा कुहिरो लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भागकाे मौसम मुख्यतया सफा रहने बताइएकाे छ । त्यस्तै, कोशी र गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भागकाे एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाे छ ।

अहिले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रालगायत हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सबैमा महाशाखाले आग्रह समेत गरेको छ ।