Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

आगलागीमा २४ कोठे लामो टहरा जल्दा २४ परिवार विस्थापित

२२ बुधबार , माघ २०८२२ घण्टा अगाडि

आगलागीमा २४ कोठे लामो टहरा जल्दा २४ परिवार विस्थापित

गएराति काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३, चुनीखेलस्थित नयाँबस्तीमा आगलागी हुँदा २४ कोठा भएको लामो टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट टहराे जल्दा त्यसमा बस्ने २४ परिवार विस्थापित भएका छन् ।

राति पाैने ११ बजेकाे समयमा सल्किएको आगोले बस्तीको ठूलो हिस्सा चपेटामा परेकाे हाे । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाकाकाे दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा सवा १ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

टहरा पूर्ण रूपमा जलेर नष्ट भएको र टहराे भाडामा लिई बसोबास गरिरहेका २४ परिवारको बासस्थान खरानी भएको वडाध्यक्ष टिकानारायण श्रेष्ठले जनाएका छन् । प्रहरीकाे प्रारम्भिक अनुमान विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएकाे छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाई क्षतिको यकिन विवरण संकलन गर्ने बताएकाे छ ।

आगलागीका कारण घरबारविहीन भएका पीडितहरूलाई तत्कालका लागि नजिकैका अन्य सुरक्षित टहराहरूमा आश्रय दिइएको छ । त्यस्तै वडा कार्यालयले पीडित परिवारका लागि तत्काल खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने तयारी गरेकाे छ ।