
सरकारको निस्कृयताका कारण ईपीएस भाषा परीक्षा पास गरेको २ वर्ष नाघेकाले भाषा पास गरेका युवा कोरिया जानबाट बन्चित भएका छन् । दक्षिण कोरियाले नेपालका लागि मात्र १७ देशमा लगाएको रोष्टरको म्याद थप नगर्ने नियम बदल्न नसक्ने जनाउ दिएको छ । सरकार भन्छ– कोरिया गएर छलफल गर्ने तैयारी भइरहेको छ । यो विषयलाई बुझकीहरू भन्छन्– दिनभरि याँलीब्याँली, रात परेपछि बिस्कुन सुकाइ । गत शुक्रबार रोजगारदाता तथा नेपाल सरकार, नेपाली दूतावासबीच भएको बैठकमा यस्तो खुलासा भएको हो ।
२०२५ मै भाषा पास गरेका ८ हजार ९ सय यतिबेला आन्दोलनमा छन् । आन्दोलनकारीले एचआरडी कोरियाका कर्मचारीहरूको तस्वीर प्रदर्शन गरेपछि कोरियालीपक्ष भयभित छ । कोरियाले म्यानुफ्याक्चरिङ (उद्योग), एग्रिकल्चर (कृषि), फिसरिज (मत्स्यपालन), कन्स्ट्रक्सन (निर्माण) क्षेत्रमा १ लाख ३० हजार कोरियाली रोजगारीमा गइसकेका छन् । दक्षिण कोरिया नेपाली युवाहरूका लागि अति आकर्षक गन्तव्य मानिन्छ ।
एमसीसी तीब्र गतिमा
एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारण लाइन, सडक लगायतका पूर्वाधार विकासका काम तीब्र रूपमा अघि बढेका छन् । यही क्रममा ४ सय केभी विद्युत् प्रसारण लाइन निर्माण हुने बर्दघाट पूर्व, बर्दघाट सुस्ता पश्चिम, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौंको दायाँबायाँ २३÷२३ मिटर क्षेत्रमा संरचना बनाउन र रूख रोप्न नपाउने सूचना जारी भएको छ । मन्त्रिपरिषद् बैठकले १ हजार ३ सय ८१ हेक्टर जमिनमा यस्तो रोक लगाउने निर्णय गरेको हो । यसअघि एमसीसी नेपाल विकास समितिले यस्तो निर्णय गरेर सरकारसँग यस्ता रोक लगाउन आग्रह गरेको थाहा भएको छ । एमसीसी परियोजना माओवादीले मागेको र सबैभन्दा बिबाद झिक्ने पनि माओवादी नै भएको विषय हो । विप्लव समूह यसका कटु आलोचक हो ।


