
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १(१८३औं ९पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम एवम् शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक तारा बहादुर तामाङ, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेश प्रसाद रिमाल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नविन कुमार शाही र मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाईलाई पुरस्कार प्रदान गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पण भावका साथ प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । तालिमका क्रममा विकसित सामुहिक भावना, निर्णय क्षमताको विकास र संकटको सामना गर्ने अभ्यास पेशागत जीवनका आधार स्तम्भ भएको चर्चा गर्दै कुशल नेतृत्व क्षमता एवम् जिम्मेवारीबोध गराउँदै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्षम बनाउने समेत उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । कठिन परिस्थितिमा पनि संवेग, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने नै सक्षम प्रहरी हुने चर्चा गर्दै सही निर्णय गर्दा हुनसक्ने आलोचना र धम्कीबाट नडराई कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै समय अनुसार विकसित र सुदृढ प्रहरी नै राज्यको अपेक्षा र चाहना रहेकोले यसको निरन्तर सुधार र विकासको लागि नेपाल सरकार सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
अपराध समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
काठमाडौं, १९ माघ । काठमाडौं, चन्द्रागिरी नगरपालिका(९ विष्णुदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ९ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ बस्ने नुवाकोट घर भएका ३३ वर्षीय सनि गरूवाचार्य र सोही नगरपालिका(९ बस्ने बारा घर भएका २० वर्षीय महम्मद कैसखान रहेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, ठोरी गाउँपालिका ५ ठुलोवाघ मोर्चाबाट अवैध लागूऔषध गाँजा करिब ४८ किलो ३ सय ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय चिनीलाल पाख्रीन र सोही गाउँपालिका ४ बस्ने ६० वर्षीय छेठु पाख्रीन रहेका छन् । इलाका प्रहरी कार्यालय ठोरी र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले चिनीलालको गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका ९ ज्यामरेबाट अवैध लागूऔषध गाँजा करिब १० किलो १ सय २४ ग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश मुजफरपुर थाना कोतपाल बस्ने २३ वर्षीय मुसिर मिया, २० वर्षीय जुबेर मिया र ४० वर्षीया साबिरा खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले युपि ३२ एफएफ ००५५ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका ९ स्थित जानकी सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रदिप राना र २४ वर्षीय शिव राम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका ५ बस्ने ४४ वर्षीय गणेश गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका ८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १० चारबगीया बस्ने २८ वर्षीय बिरू बस्नेत, सोही उपमहानगरपालिका ७ राजपुर बस्ने २४ वर्षीय भरत खड्का र सोही उपमहानगरपालिका(९ बस्ने ३२ वर्षीय गोबिन्द खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका १३ उधोपुर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका(७ फूलटेक्रा बस्ने ३६ वर्षीय रोहित पुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले भे.३ प १४९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका ११ त्रिभुवन चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ईरसाद अलिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरभवन र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनुषा, बिदेह नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित शहिदनगर नगरपालिका २ यदुकाहा बस्ने २४ वर्षीय उमेश ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ७६३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, ब्यास नगरपालिका ११ दरै पँधेरा बस्ने २३ वर्षीय संगम गुरूङ समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ७१ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले संगमको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका ८ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १२ ट्याब्लेट सहित लालबन्दी नगरपालिका ७ बस्ने २० वर्षीय राजा मन्सुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने ७ जना पक्राउ
काठमाडौं, १९ माघ । नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका ७ घर भएका किरण सिंह ठकुरी, पर्वत फलेवास नगरपालिका १० घर भएका ४० वर्षीय अनिल शर्मा, काठमाडौं तारकेश्वर नगरपालिका ७ बस्ने ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोट ककनी गाउँपालिका १ बस्ने ४२ वर्षीय केशव फुयाल, नुवाकोट तादी गाउँपालिका ४ बस्ने ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौं महानगरपालिका २ बस्ने ४३ वर्षीया दीपा लावती र गुल्मी धुर्कोट गाउँपालिका(२ बस्ने ५२ वर्षीय शोभाखर खनाल रहेका छन् ।
किरण सिंहले यूएस डाईभरसिटी भिसा प्रयोजनका लागि अमेरिकी दुतावास काठमाडौंमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परिक्षा बोर्ड सानोठिमीबाट नक्कली भएको पुष्टी भए पश्चात उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने किरण सिंह ठकुरी समेतका व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं, १९ माघ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ९ बस्ने पर्सा ठोरी गाउँपालिका(४ घर भएका ४१ वर्षीय वविलाल लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
वविलालले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(३ बाट पक्राउ गरेको हो ।
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं, १९ माघ । काठमाडौं, तारकेश्वर नगरपालिका ५ गोलढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २६ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका १ इटहरी बस्ने २७ वर्षीय सोमित माझी र झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २७ वर्षीय देउ कुमार माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका १५ सातदोबाटोबाट अवैध लागूऔषध गाँजा ८ सय ९ ग्राम सहित सोही ठाउँ बस्ने पाँचथर घर भएका ४२ वर्षीय किरण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो
सिराहा, गोलबजार नगरपालिका(४ गोलचक्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका १० बस्ने २० वर्षीय राधे श्याम साह र सोही नगरपालिका ५ बस्ने २४ वर्षीय रितिक कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ९३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भरूवा बन्दुक बरामद
अछाम, १९ माघ । साँफेबगर नगरपालिका १४ पातलकोटस्थित वन छेउबाट भरूवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।


