Advertisement Banner
Advertisement Banner

२० सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

प्रत्यक्षतर्फ २५ जिल्लाको ३० लाख मतपत्र छापियाे

२० सोमबार , माघ २०८२९ घण्टा अगाडि

प्रत्यक्षतर्फ २५ जिल्लाको ३० लाख मतपत्र छापियाे

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३० लाख मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएकाे छ । आयोगका अनुसार २५ जिल्लाको प्रत्यक्षतर्फ ३० लाख मतपत्र छपाइ भएकाे हाे ।

जनक शिक्षा सामग्री केन्द्र भक्तपुरले हालसम्म ३० लाख मतपत्र छपाइ गरिसकेकाे र मतपत्र छपाइ नियमित रुपमा भइरहेको पनि आयोगले जानकारी गराएकाे छ । यता समानुपातिक तर्फकाे २ करोड ८ लाख ३० हजार मतपत्र भने यसअघि छपाइ सम्पन्न भइसकेको छ ।

आयोगका अनुसार मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २ सय थान नमूना मतपत्र पनि छपाइ सम्पन्न भइसकेको बताइएकाे छ । फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचन आउन एक महिना मात्र बाँकी हुँदा आयोगले मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित सामाग्रीकाे तयारी गर्दै निर्वाचनको स्वच्छता बढाउन र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना सम्प्रेसन गर्न कटिबद्ध रहेकाे जनाएकाे छ ।