Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रचण्डलाई कालो झण्डा

२० सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

आफूसँग भएको ३ बुँदे सहमतिको पूर्ण पालना गरेर संविधान संशोधन गर्न तप्परता नदेखाएको भनेर मधेसी मोर्चाको वैठकले संविधान जारी भएको असोज ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाउने कार्यक्रम पनि तय गरेको छ। महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवहरुको बैठकले जारी गरेको वक्तव्यअनुसार सहादत दिवस मनाउने, असोज २, ३ र ४ गते संघर्षको जानकारी गराउने, पचहत्तरै जिल्लामा कालोझण्डा फहराएर साँझ ब्ल्याकआउट गर्ने, मैनवत्ती बालेर प्रचण्ड सरकारसँग न्याय र हकको सम्झना दिलाउने रहेका छन्। यता एमालेको तीब्र बिरोध, उता मधेसी मोर्चा असन्तुष्ट हुँदा प्रचण्ड अप्ठेरो पोजिसनमा पुगेका छन्। 
संविधान संशोधनको प्रस्ताव, बन्दीको रिहाई, ५२ मात्रै होइन, थप सहिद घोषणा हुनुपर्ने लगायत सूची तैयार गर्न लक्ष्मणलाल कर्ण खटिएका छन्।