Advertisement Banner
Advertisement Banner

१९ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनचाँदीको मूल्य घट्याे

१९ आइतबार , माघ २०८२९ घण्टा अगाडि

सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । यसअघि पनि मूल्य घटेकाेमा फेरि आज सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएकोमा आज १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ पुगेकाे हाे ।

त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँ पुगेको थियो ।