Advertisement Banner
Advertisement Banner

१९ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

राष्ट्रपति पौडेल जापान भ्रमणमा जाँदै

१९ आइतबार , माघ २०८२एक घण्टा अगाडि

राष्ट्रपति पौडेल जापान भ्रमणमा जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जान लागेका छन् । राष्ट्रपति पौडेल जापानको चारदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन् । राष्ट्रपति पौडेल आज राति साढे ११ बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ । त्यसैगरि साेहि दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री ताकाइची सानेले भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।

जापान भ्रमणमा राष्ट्रपतिका साथमा उनकी श्रीमती सविता पौडेल, उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् भने राष्ट्रपति पौडेल चार दिने भ्रमण सकेर माघ २१ काठमाडौं फर्कने कार्यक्रम रहेकाे छ ।