Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

तराईमा कुहिरो उच्च पहाडी तथा हिमाली भागमा हिमपात

१९ आइतबार , माघ २०८२९ महिना अगाडि

तराईमा कुहिरो उच्च पहाडी तथा हिमाली भागमा हिमपात

मुलुकभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लाग्नुका साथै हिमाली भागमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त भूभाग बाहेकका अन्य स्थानकाे माैसम मुख्यतया सफा रहेको छ ।  

अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्ने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ ।

त्यसैगरि कोशी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागमा मौसम सफा रहने महाशाखाले जनाएकाे छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

आज राति तराई भागका केही स्थानमा हुस्सु लाग्ने र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ । अन्य भागमा मौसम सफा रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाे छ ।