Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आज माघ शुक्ल पूर्णिमा स्वस्थानी व्रत समापन गरिँदै

१९ आइतबार , माघ २०८२९ महिना अगाडि

आज माघ शुक्ल पूर्णिमा स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमाका दिन एक महिना लामो स्वस्थानी व्रत समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएकाे एक महिना लामाे स्वस्थानी व्रत आज समापन गर्न लागिएकाे हाे ।    

वैदिक सनातन हिन्दू धर्मावलम्बीले एक महिना अघि घरघरमा सुरु गरेको स्वस्थानी व्रत विधिपूर्वक समापन गर्न लागेका हुन् । एक महिनासम्म देशभरका भक्तजनले स्वस्थानीको व्रत बसि नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएकाेमा आज समापन गर्न लागेका हुन् ।

त्यसैगरि पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

एकमहिनासम्म व्रत बसेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फलफूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिएर स्वस्थानी व्रत समापन गर्ने परम्परा रहेकाे छ । त्यसरि चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउनु पर्ने धार्मिक मान्यता रहेकाे छ ।

त्यसैगरि शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदैछ । यसवर्ष शालिनदीमा करिब १ सय ६२ महिला र १५ पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेकाे बताइएकाे छ ।