Advertisement Banner
Advertisement Banner

१९ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

डिजेल र मट्टितेलको मूल्य बढ्दा पेट्रोल र ग्याँसको मूल्य यथावत

१९ आइतबार , माघ २०८२३ घण्टा अगाडि

डिजेल र मट्टितेलको मूल्य बढ्दा पेट्रोल र ग्याँसको मूल्य यथावत

गएराति १२ बजेपछि लागू हुनेगरि नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएकाे हाे ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । तर निगमले पेट्रोल प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्याँसको मूल्य ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि हाललाई यथावत् राखेको छ ।  

त्यसैगरि निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ भने (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ ।