Advertisement Banner
Advertisement Banner

१८ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

झन झन बढ्दै अपराधिक घटना, प्रहरी सतर्क

१८ शनिबार , माघ २०८२३ घण्टा अगाडि

झन झन बढ्दै अपराधिक घटना, प्रहरी सतर्क

लागूऔषध सहित २० जना पक्राउ
काठमाडौं, १६ माघ । काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका ८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ४ सय ४० मिलिग्राम र तराजु २ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २५ वर्षीया प्रमिला घिमिरे र ५३ वर्षीय प्रेम कुमार राय रहेका छन् । प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरीले प्रमिलाको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    यसैगरी काठमाडौं महानगरपालिका १६ बालाजु सुकुम्बासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ७ सय १० मिलिग्राम सहित सोही महानगपालिका १६ बालाजु बस्ने गोरखा घर भएका ३४ वर्षीय छिरिङ लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ६ जना मानिसहरूलाई समेत नियन्त्रणमा लिएको छ । 
    मोरङ, विराटनगर महानगरपालिका(१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३ सय ५० मिलिग्राम सहित झापा दमक नगरपालिका ४ बस्ने २९ वर्षीय एलिस कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कास्की, पोखरा महानगरपालिका ८ नालाबेलिचोक बस्ने ३१ वर्षीय सरोज गुरूङलाई नियन्त्रित लागूऔषध नोर्फिन ३२ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन ३३ एम्पुल सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका ११ नमुनाचोक बस्ने २४ वर्षीय श्रीकृष्ण विकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
    कञ्चनपुर, भीमदत्त नगरपालिका १३ स्थित खाली झुपडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय ७० मिलिग्राम सहित भीमदत्त नगरपालिका १३ बडैपुर बस्ने २४ वर्षीय प्रदिप लुहार समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    सिराहा, सिरहा नगरपालिका ७ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय २० मिलिग्राम सहित मिर्चैया नगरपालिका ५ बस्ने २७ वर्षीया मनिषा कुमारी मण्डललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    झापा, दमक नगरपालिका ३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही नगरपालिका(३ बस्ने २८ वर्षीय अरूष दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
    बारा, परवानीपुर गाउँपालिका ३ बजार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ बसमारी बस्ने २७ वर्षीय म्याक ढुङ्गाना र २६ वर्षीय सुदन रिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    
हत्या गरेको अभियोगमा पक्राउ
ललितपुर, १६ माघ । आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका ७ देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिनोदले बिबादको क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भनि प्रहरी चौकी टिकाभैरवमा गई जानकारी गराएपश्‍चात प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएको हो ।

जबरजस्ती करणी गर्ने पक्राउ
बाँके, १६ माघ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका ६ एच गाउँ बस्ने खजुरा गाउँपालिका ७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अंगतरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भरूवा बन्दुक बरामद
काठमाडौं, १६ माघ । दैलेख, नौमुले गाउँपालिका ४ चेप्टे भित्री खोलाबाट भरूवा बन्दुक १ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
    रोल्पा, रून्टीगढी गाउँपालिका ८ जलुखेपानी सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।