Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

सेनाकाे हेलिकप्टर मार्फत सुत्केरी महिलाकाे उद्धार

१६ बिहिबार , माघ २०८२६ घण्टा अगाडि

सेनाकाे हेलिकप्टर मार्फत सुत्केरी महिलाकाे उद्धार

नेपाली सेनाकाे हेलिकप्टरमार्फत डोल्पामा एक सुत्केरी महिलाकाे उद्धार गरिएकाे छ । सालनाल अड्किएर जटिल अवस्थामा परेकी सुत्केरी महिलाकाे सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हाे ।     
हिजाे दिउँसाे ठूलीभेरी नगरपालिका–९, की ३० वर्षीया सुत्केरी विष्णुकुमारी डाँगीको उद्धार गरिएको हाे ।

सुत्केरी भएपछि लामाे समयसम्म सालनाल अड्किएर गम्भीर समस्या देखिएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला अस्पताल डोल्पाका चिकित्सक तुलसी शाहले जनाएकी छन् । शाहाका अनुसार पाठेघरको शल्यक्रिया गरी सालनाल निकाल्नुपर्ने जटिल अवस्था आएपछि जिल्लामा सम्भव नभएकाले थप उपचारको लागि सुर्खेत पठाइएको हाे ।

डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढकाल)को सक्रिय पहलमा हेलिकप्टरको व्यवस्था गरी सुत्केरीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको बताइएकाे छ । समयमै हेलिकप्टरद्वारा उद्धार सम्भव भएकाले सुत्केरीको ज्यान जोखिममुक्त भएको अस्पताल स्रोतले जनाएको छ ।