Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

बाक्लो हुस्सु र कुहिरोका कारण हवाइ उडान प्रभावित

१६ बिहिबार , माघ २०८२७ घण्टा अगाडि

बाक्लो हुस्सु र कुहिरोका कारण हवाइ उडान प्रभावित

अहिले काठमाडौं उपत्यकालगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेकाले हवाइ उडान प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण कमजोर भिजिबिलिटी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएकाले आज बिहानका उडान डिले भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अन्तर्गतका भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान स्थगित भएका छन् । त्यसैगरि अर्न्तराष्ट्रियतर्फका केही जहाज पनि डाइभर्ट गरिएको बताइएकाे छ ।

केहिबेर अघि कुवेतबाट आएको जजिरा एयर र यूएईको सारजाहबाट आएको एयर इन्डियाको विमान भारतको लखनउ डाइभर्ट गरिएको विमानस्थल प्रशासनले जनाएकाे छ । त्यस्तै भुटानको पारोबाट आएको ड्रुक एयर, दुबइ र दोहाबाट आएका हिमालय एयरलाइन्सका दुई विमान, दुबइबाटै आएको फ्लाइ दुबइ, कतार एयरवेज आकाशमै होल्ड गरिएका छन् ।

विमानस्थल प्रशासनका अनुसार बाक्लो हुस्सुका कारण विमान अवतरण गराउन सकिने अवस्था तत्काल नरहेकाे बताइएकाे छ ।