Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

मौसमी प्रणाली बाहिरियाे,मौसममा सुधार आउने

१६ बिहिबार , माघ २०८२८ घण्टा अगाडि

मौसमी प्रणाली बाहिरियाे,मौसममा सुधार आउने

केहि दिनदेखि मुलुकभर सक्रिय भएको पश्चिमी न्यूनचापीय प्रणाली गएरातिदेखि बाहिरिएकाे छ । उक्त प्रणाली बाहिरिएसँगै आजदेखि देशका अधिकांश भू-भागकाे मौसममा सुधार आएर घाम लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा धेरै स्थानमा वर्षा र हिमपात भएकाे थियाे भने यसवर्ष ढिला गरि भएकाे वर्षा र हिमपातले कृषि क्षेत्रलाई ठूलो राहत पुगेकाे छ । यसपटकको वर्षाको प्रभाव सुदूरपश्चिम र कर्णाली प्रदेशमा सबैभन्दा बढी देखिएकाे र सुर्खेतमा सबैभन्दा बढि ४३ मिलिमिटर पानी परेकाे विभागले जनाएकाे छ ।

विभागका अनुसार मौसमी प्रणाली बाहिरिए पनि यसको आंशिक प्रभाव अझै केही स्थानमा रहेकाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनुका साथै उक्त प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेकाे छ । त्यस्तै तराईका धेरैजसो स्थानमा भने आज बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

अहिले वर्षा र हिमपातका कारण चिसो बढेकाले विभागले सतर्कता अपनाउन आग्रह गरेकाे छ ।