Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

अपराधको महामारी बढ्दो

१५ बुधबार , माघ २०८२१४ घण्टा अगाडि

अपराधको महामारी बढ्दो

अवैध लागूऔषध सहित १२ जना पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका ७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र नगद २५ हजार ४ सय ६५ रूपैयाँ सहित धनकुटा घर बताउने २२ वर्षीय राजु राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
महोत्तरी, बर्दिबास नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका १ डेरा गरी बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका(५ महेन्द्रनगर घर भएका ३१ वर्षीय सुनिल कुमार थिङ तामाङ र सर्लाही ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षीय महमद गफार अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज।९ प २४१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका २ गुप्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय जित बहादुर रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    झापा, बिर्तामोड नगरपालिका २ त्रिशुल चोक डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका(६ घर भएका २५ वर्षीय दिपक कार्की समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले दिपकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    चितवन, भरतपुर महानगरपालिका १२ मिलनचोकबाट अवैध लागूऔषध गाँजा १५ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका ६ बस्ने ४५ वर्षीय चन्द्रबहादुर प्रजालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका ८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका ५ बस्ने २० वर्षीया सोनिका तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
सिन्धुली, दुधौली नगरपालिका ११ राजाबासबाट नियन्त्रित लागूऔषध ल्क्ष्त्श्ब्क्ऋभ्ल् ३ सय ८९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय बाल कुमार मगर समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ  । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो । 
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही उपमहानगरपालिका ४ कर्रा बस्ने २८ वर्षीय एन्जल दाहाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३ ००१ ज ७८२ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीः ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, १४ माघ     वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका २ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका ३१ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका ६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी नगरपालिका ३ बस्ने ललितपुर, ललितपुर महानगरपालिका १६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन् ।  
पक्राउ मध्ये कृष्णजीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ, अनिलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ र विवेकले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णजीलाई काठमाडौं तारकेश्वर नगरपालिका(२ बाट र अनिललाई काठमाडौं महानगरपलिका ३१ बाट सोमबार तथा विवेकलाई काठमाडौं महानगरपालिका १३ बाट मंगलबार पक्राउ गरेको हो ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
स्याङ्जा, १४ माघ । विरूवा गाउँपालिका २ झागाडीबाट एकनाले भरूवा भन्दुक ३ थान, बारूद ४ सय ८० ग्राम, छर्रा १ सय ३५ थान र भरूवा बन्दुकमा प्रयोग हुने अन्य सरसामानहरू सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा ६६ वर्षीय रोम बहादुर राना र ६९ वर्षीय बिर बहादुर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।