
आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बिहान साढे १० बजे राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचकाे भेटवार्ता समसामयिक विषयमा कुराकानी भएको बताइएकाे छ । उनीहरूबीच आधाघण्टाकाे भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।


