Advertisement Banner
Advertisement Banner

१५ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनकाे मुल्यकाे नयाँ रेकर्ड ३ लाख १९ हजार नजिकै

१५ बुधबार , माघ २०८२६ घण्टा अगाडि

सुनकाे मुल्यकाे नयाँ रेकर्ड ३ लाख १९ हजार नजिकै

नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा भारी वृद्धि भएर हालसम्मकै उच्च बिन्दुमा कायम गर्दै नयाँ रेकर्ड कायम गरेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज  प्रतिताेला ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च हाे ।

त्यसैगरि चाँदीकाे पनि मूल्य बढेकाे छ । चाँदी प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको हाे । सुनचाँदीको मूल्यअन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि भारी वृद्धि भएको हो ।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ पुगेको छ । केही समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ बृद्धिले बजारमा नयाँ तरंग पैदा गरेको छ ।महासंघका अनुसार आजको सुनचाँदीको मूल्य नेपाली सुनचाँदी कारोबारको इतिहासमा हालसम्मकै उच्च हो ।