
आज बिहान पाैने ९ बजे भारतकाे महाराष्ट्र बारामतीमा निजी चार्टर्ड विमान दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ६ जनाकाे मृत्यु भएकाे हाे ।
बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित बिमानमा सवार ६ जनाकै मृत्यु भएको बताइएको छ ।
उपमुख्यमन्त्री अजित पवार मुम्बईबाट पञ्चायत निर्वाचनका चार कार्यक्रमहरूमा सहभागि हुन बारामती आउँदै थिए । विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी सवार रहेका थिए ।


