Advertisement Banner
Advertisement Banner

१५ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

१५ बुधबार , माघ २०८२९ घण्टा अगाडि

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

गएरातिदेखि परेकाे वर्षासँगैकाे हिमपातकाे कारण मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बाक्लाे हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमानाकाे मध्यपहाडी लोकमार्ग सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे ।

उक्त क्षेत्रमा भारी हिमपात भएर बाटो अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् भने हिमपातका कारण लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालय बागलुङले जनाएकाे छ । अहिले पनि निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुन नसक्ने बताइएकाे छ ।

त्यस्तै काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन । गएरातिदेखि परेकाे हिउँले मुस्ताङदेखि सुदूरपश्चिमका बैतडी र बाजुरासम्मका डाँडाकाँडा सेताम्मे भएका छन् भने हिमपातका कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बनेकाे छ ।