Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’

१५ बुधबार , माघ २०८२९ महिना अगाडि

‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’

गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। एकतर्फी प्रेमको संवेदनशील अनुभूति र आत्मीय भाव समेटिएको यस गीतले छोटो समयमै श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले गीतलाई मर्मस्पर्शी बनाएको छ। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ र गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।
यसअघि पनि गीतकार राईका केही गीत रेकर्ड भइसकेका छन्। २०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’, २०७९ मा मनमा बी राईले र २०८१ मा नवराज पराजुलीले ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई हाल काठमाडौंमा रहेर साहित्य र पत्रकारितामा सक्रिय छन्। उनले यसअघि दस वर्षे शिक्षण अनुभव बटुलेका छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।
राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव र लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ का संस्थापक उनी नेपाली लघुकथाको विकासमा क्रियाशील छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।
राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ प्रकाशित भइसकेको छ। उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन्।
नेपाली भाषा र साहित्यमा योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।