
बाँके, १३ माघ । बैजनाथ गाउँपालिका ४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
रूकुम पूर्व, १३ माघ । भुमे गाउँपालिका ८ सिपाखोलास्थित जंगलको ओढारबाट भरूवा बन्दुक ५ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरा


