Advertisement Banner
Advertisement Banner

१३ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

व्यासलाई ‘पवन आलोक’ सम्मान

१४ मंगलबार , माघ २०८२७ महिना अगाडि

व्यासलाई ‘पवन आलोक’ सम्मान

नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान–२०८१’ अग्रज नियात्राकार निर्मोही व्यासलाई प्रदान गरेको छ । काठमाडौँमा आयोजित कार्यव्रmममा अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले निर्मोही व्यास (प्राडा वेदव्यास उपाध्याय न्यौपाने) लाई उक्त सम्मान प्रदान गर्नुभएको हो । उहाँलाई सम्मानका साथ नगद राशि ५० हजार एक रुपियाँसमेत प्रदान गरिएको थियो । लेखक राजकर्णिकार प्रमुख अतिथि रहनुभएको कार्यव्रmममा समाजका पूर्वपदाधिकारी चन्द्रप्रसाद भट्टराई, प्रतीक ढकाल, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, इल्या भट्टराई तथा सम्मानका संस्थापक रेखा कँडेलको उपस्थिति रहेको थियो ।
    कार्यव्रmममा नियात्राकार राजकर्णिकारले आफूले पनि आधा शताब्दीदेखि यसै विधामा लेख्दै आएकाले ज्यादै खुसी लागेको बताउनुभयो । छनोट समितिका सदस्य साहित्यकार श्रीओम श्रेष्ठ रोदनले नियात्राकार व्यासको यस क्षेत्रमा योगदान अतुलनीय रहेको बताउँदै उनी आफ्नो सिर्जनामा हृदय पस्किने सर्जक भएको चर्चा गर्नुभएको थियो । नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले धन भन्ने कुरा भोग गर्ने र दान गर्ने बताउनुभयो । समाजका संस्थापक रेखा कँडेलले पनि धन दान गरेरै सम्मानको काम गरेको बताउँदै दान गर्ने संस्कार वृद्धि हुँदै जाओस् भन्ने कामना प्रकट गर्नुभएको थियो । कार्यक्रममा प्रदिप सापकोटा, विमल भौकाजी, विनोद नेपाल, राजेश खनाल, श्रीबाबु कार्की, अरुण नदी खत्री, दिव्य गिरी, ठाकुरा शर्मा भण्डारी, जयदेव भट्टराई, तेजप्रकाश श्रेष्ठ, शैलेन्द्र साकार, नवराज न्यौपाने मौन, प्रोल्लास सिन्धुलिय लगायत विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।