Advertisement Banner
Advertisement Banner

१४ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

आज र भाेलि हिमपात र वर्षा हुने

१४ मंगलबार , माघ २०८२९ घण्टा अगाडि

आज र भाेलि हिमपात र वर्षा हुने

अहिले मुलुकभर पश्चिमी न्यून चापीय प्रणाली सक्रिय रहेकाे कारण माैसममा परिवर्तन आएकाे छ । जसकाे कारण आज र भाेलि हिमपात र वर्षाकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा यसको प्रभावले आजदेखि देशको पश्चिमी क्षेत्रबाट मौसममा परिवर्तज आउने र सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म हिमपात र वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा सुरु हुने बताइएकाे छ ।

उक्त प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै जाने क्रममा आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा मध्यम खालको हिमपात र वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका उच्च पहाडी भेगमा मध्यमदेखि भारी हिमपात हुनसक्ने अनुमान गरिएकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाे छ । त्यसैगरि भोलि दिउँसोतिर काठमाडौं उपत्यकामा वर्षा हुनुका साथै आसपासका उच्च भूभागमा हल्का हिउँ पर्न सक्ने अनुमान गरिएको छ ।

भाेलि रातिदेखि मौसममा क्रमिक सुधार आउने र बिहीबारदेखि देशभरिको आकाश सफा हुने मौसमविद्हरूले जनाएका छन् ।