Advertisement Banner
Advertisement Banner

१४ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

१३ सोमबार , माघ २०८२१३ घण्टा अगाडि

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

२०८२ माघ १२, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको हालै बसेको कार्यसमितिको बैठकले दुई पुरस्कारहरूको निर्णय गरेको छ ।

प्रतिष्ठानले मुक्तककारहरु उषा शेरचनलाई भीमदर्शन मुक्तक पुरस्कार र डा= रूपक श्रेष्ठलाई कृष्णरत्न चेतन मुक्तक पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । यी दुई पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र एकतीस हजार रुपैयाँ रहेको छ ।

२०१२ भदौ ६ गते जन्मनुभएकी उषा शेरचनका अक्षरहरूका शिविरबाटत्रासदीका हिमनदी मुक्तकसङ्ग्रहहरूलगायत विभिन्न विधाका एक दर्जन कृतिहरू प्रकाशित छन् । शेरचन तीसको दशकमै पोखरामा आयोजित टिकटमा मुक्तक कार्यक्रमका सक्रिय सहभागी मुक्तककार हुनुहुन्छ ।

यसैगरी २०२२ माघ ६ गते जन्मनुभएका डा. रूपक श्रेष्ठका पोख्तकु, चौशूलु र पोख्तकको अङग्रेजी अनुवाद मुक्तक कृतिलगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् । विगत लामो समयदेखि बेलायतमा बस्दै आउनुभएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आउनुभएको छ ।

दुवै स्रष्टाहरूले मुक्तकको उन्नयनमा गर्नुभएको योगदानका आधारमा पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । यसअघि ुभीमदर्शन मुक्तक पुरस्कारु यादव खरेल, सरुभक्त र नन्द हाङ्खिम तथा ुकृष्ण(रत्न(चेतन मुक्तक पुरस्कारु रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी कोपिलालाई समर्पण गरिएको थियो ।

नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका एवम् नेपाली मुक्तकका विशिष्ट साधकत्रय कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीका सम्मानमा स्थापित यी दुवै पुरस्कारहरू प्रतिष्ठानको वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा आगामी माघ १८ गते आइतबार एक समारोहको आयोजना गरी समर्पण गरिने कुरा प्रतिष्ठानले जनाएको छ ।