Advertisement Banner
Advertisement Banner

११ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

उम्मेदवारी फिर्ता लिने समय सकिनै लाग्याे

१० शुक्रबार , माघ २०८२एक दिन अगाडि

उम्मेदवारी फिर्ता लिने समय सकिनै लाग्याे

आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएकोमा समय सकिनै लागेकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नाम मनाेनयन गरेका उम्मेदवारले नाम फिर्ता लिने समय दिउँसो १ बजेसम्म तोकिएको हाे ।

निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ वटै मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यसपछि दिउँसाे ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन् ।देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३ हजार ८८, महिला ३ सय ९५ र तेस्रो लिङ्गी १ गरी ३ हजार ४ सय ८५ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।

जसमध्ये ४ जिल्लाका ५ उम्मेदवारमाथि उजुरी परेको थियो । उजुरीका आधारमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरी, काठमाडौँ जिल्ला क्षेत्र नं १० को उम्मेदवारी मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतकाे उम्मेदवारी खारेज भएको छ ।