Advertisement Banner
Advertisement Banner

११ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

बाल सुधारगृहमा झडप र आगजनी

१० शुक्रबार , माघ २०८२एक दिन अगाडि

बाल सुधारगृहमा झडप र आगजनी

गएराति भक्तपुरकाे मध्यपुरठिमिस्थित बाल सुधारगृहमा झडप र आगजनी भएको छ । उक्त बाल सुधारगृहका दुई समूहबीच भएको बिबादमा झडप हुँदा आगजनी र तोडफोड भएको थियो ।

दुई समूहबीच आपसमा झडप भएपछि ठिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेपनि प्रहरी टोलीलाई दुवै समूहले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रण बाहिर गएकाे र पछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन गरिएकाे बताइएकाे छ ।

उक्त झडपपछि भएकाे आगजनि मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले निभाएका थियाे । उक्त सुधार गृहमा १ सय ४५ पुरुष र २४ महिला गरी १ सय ६९ जना रहेका छन् । अहिले स्थिति नियन्त्रणमा आएपनि बाक्लो संख्यामा सुरक्षाकर्मीले परिचालन गरिएकाे छ भने सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको ठिभि प्रहरी वृत्तले जनाएको छ ।