Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

सुनकाे मूल्यमा भारी बृद्धि ३ लाख पुग्नै लाग्याे

०८ बुधबार , माघ २०८२२ महिना अगाडि

सुनकाे मूल्यमा भारी बृद्धि ३ लाख पुग्नै लाग्याे

नेपाली बजारमा सुनको मूल्यमा भारी बृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १० हजार ४ सयले बृद्धि भएकाे हाे ।

नयाँ मूल्य अनुसार अाज सुन प्रतिताेला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजाे मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ काराेबार भएको थियो ।

त्यसैगरि अाज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ८ सय ८० रुपैयाँमा काराेबार भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ९ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँमा कारोबार भईरहेको छ ।