Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पत्रकार ऋषि धमला पनि चुनाव लड्दै

०७ मंगलबार , माघ २०८२२४ दिन अगाडि

पत्रकार ऋषि धमला पनि चुनाव लड्दै

प्राइम टेलिभिजनका पत्रकार ऋषि धमला पनि आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्ने भएका छन् । धमलाले रौतहटबाट चुनाव लड्न जाने घोषणा गरेका हुन् ।

धमलाले प्राइम टेलिभिजनकाे ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा रौतहटबाट चुनाव लड्न जाने घोषणा गरेका थिए । उनले सोमबार रातिको कार्यक्रममार्फत आफूले जनता जान्न चाहन्छन् कार्यक्रम नचलाउने र आफ्नो सट्टामा कार्यक्रम ऋषि थपलियाले चलाउने जानकारी दिएका थिए ।

धमलाले भने, ‘आज म भन्न चाहन्छु । जनता जान्न चाहन्छन् कार्यक्रम भोलिबाट हाम्रै सहकर्मी मित्र ऋषि थपलियालाई हस्तान्तरण गर्न जाँदैछु । तर म यो कार्यक्रममा आफ्नो कुरा राख्नेछु, उहाँलाई समर्थन र सहयोग गर्नेछु । जनता जान्न चाहन्छन् कार्यक्रमलाई नम्बर वान बनाउन उहाँलाई जहिले पनि साथ दिनेछ ।’