Advertisement Banner
Advertisement Banner

०८ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

हत्या अभियाेगका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

०७ मंगलबार , माघ २०८२१५ घण्टा अगाडि

हत्या अभियाेगका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा प्रहरीले हत्या अभियाेगकामा फरार रहेका प्रतिवादीलाई १९ वर्षपछि पक्राउ गरेकाे छ । विसं २०६३ सालमा एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा फरार रहेका प्रतिवादी कल्याणपुर नगरपालिका–१२, का ४९ वर्षीय उतिम मुखिया रहेकाे प्रहरीले जनाएकाे छ । २०६३ साल मङ्सिर १३ गते साविक बेलहा गाउँ विकास समिति वडा नं ७ (हाल कल्याणपुर नगरपालिका) की १६ वर्षीया एक बालिकाकाे हत्या भएकाे थियाे ।

अनुसन्धानका क्रममा सोही ठाउँका उतिम मुखियाले ती बालिकालाई प्रेम प्रस्ताव राखेको र बालिकाले प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा आई सल र हातले घाँटी थिची हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनाएका छन् ।

हत्यापछि फरार भएका मुखिया लामो समयसम्म भारतका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । हाल उनी आफ्नै घरमा आएर लुकेर बसेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माघ ३ गते पक्राउ गरेको हो ।

हत्या अभियाेगमा पक्राउ परेका मुखियालाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।