Advertisement Banner
Advertisement Banner

०८ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनचाँदीको मूल्य निरन्तर उकालाे लाग्दै

०७ मंगलबार , माघ २०८२१५ घण्टा अगाडि

सुनचाँदीको मूल्य निरन्तर उकालाे लाग्दै

नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालाे लाग्दै गएकाे छ । केहि दिनदेखि निरन्तर उकालाे लग्दै गएकाे सुनचाँदीकाे मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेकाे छ । हिजाे प्रतिताेला सुनकाे मूल्य २ लाख ८२ हजारमा काराेबार भएकाे थियाे ।

त्यसैगरि प्रतिताेला चाँदीको मूल्य ५ हजार ८ सय ८० रुपैयाँमा काराेबार भएको छ । त्यति नै परिमाणमाे चाँदी हिजाे ५ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६ सय ९० र त्यति नै परिमाणको चाँदी ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको आर्थिक विश्लेषकहरूले बताएका छन् ।