Advertisement Banner
Advertisement Banner

०८ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

शिक्षा मन्त्री पुनले पनि दिए राजीनामा

०७ मंगलबार , माघ २०८२१६ घण्टा अगाडि

शिक्षा मन्त्री पुनले पनि दिए राजीनामा

अन्तरिम सरकारकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेसँगै उनले राजीनामा दिएका हुन् ।

आफ्नो पदबाट राजीनामा दिएर प्रत्यक्ष राजनीतिमा होमिएका पुनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । मन्त्री पद त्याग गरी चुनावी प्रतिस्पर्धामा उत्रिएपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ ।

उनले कुनै दल विशेषको चुनावी चिन्ह नलिइ ‘स्वतन्त्र’ रूपमा आफ्नो चुनावी यात्रा तय गरेका छन् । म्याग्दीको विकास र समृद्धिका एजेन्डासहित पुनले आफ्नो अभियानमा लाग्न आग्रह गर्दै पदबाट राजीनामा दिएका हुन् भने उनले प्रतिनिधिसभामा आफ्नो उपस्थिति बलियो बनाउन कसरत सुरु गरिसकेका छन् ।