Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको बिदाइ

०४ शनिबार , माघ २०८२एक महिना अगाडि

आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको बिदाइ

आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टाेलीकाे बिदाइ गरिएकाे छ । आउँदो फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको बिदाइ गरिएको हाे ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज एक विशेष समारोहको आयोजना गरी खेलाडी तथा व्यवस्थापन टोलीलाई वैदेशिक भ्रमण र विश्वकप यात्राका लागि शुभकामनासहित बिदाइ गरेको हो । नेपाली टाेली भाेलि नै भारत प्रस्थान गर्ने तालिका रहेकाे छ ।

नेपाली टोलीले विश्वकपको मुख्य प्रतियोगिता सुरु हुनुअघि श्रीलंका र भारतमा विशेष अभ्यास शृङ्खला खेल्ने तयारी रहेको छ । उक्त तयारीलाई मध्यनजर गर्दै नेपाली टोलीलाई केही समय अगावै बिदाइ गरिएको क्यानले जनाएको छ ।

नेपाली क्रिकेट अहिले विश्वकै आकर्षणको केन्द्र बनेको बताउँदै क्यानका सचिव पारस खड्काले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेकाे नेपाललाई विश्वले नियालिरहेको बताए । त्यस्तै टोलीका कप्तान रोहित पौडेलले टोलीको तयारी उत्कृष्ट रहेको र खेलाडीहरू उच्च मनोबलमा रहेको बताउँदै सन् २०२५ नेपालीका लागि सुखद रहेकाे र २०२६ मा पनि त्यस्तै नतिजा ल्याएर नेपाली क्रिकेट प्रेमीहरूलाई गर्व गर्ने अवसर प्रदान गर्ने बताएका छन् ।