Advertisement Banner
Advertisement Banner

०४ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

डा.राजीव झालाई कतारमा सम्मान

०३ शुक्रबार , माघ २०८२२ घण्टा अगाडि

डा.राजीव झालाई कतारमा सम्मान

रामुपा उपाध्यक्ष एवं क्लोथ बैंकका अध्यक्ष डा.झालाई मधेशी एकता समाजको सम्मान

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार ९१५ जनवरी २०२६० मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा समाजले भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम मधेशी एकता समाज कतारका अध्यक्ष अली हुसैन राइनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा सहभागी थिए । मन्तव्यका क्रममा उनले मधेशको समग्र विकास, सामाजिक एकता र राजनीतिक स्थिरता बिना देशको दिगो प्रगति सम्भव नहुने स्पष्ट पारे ।
कार्यक्रममा विशेष अतिथिका रूपमा मधेशी एकता समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष राजीव झा, एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थी तथा मधेशका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय उपाध्यक्ष झाले मधेशको विकास, अधिकार र राजनीतिक स्थायित्वका लागि सबै संघ–संस्थाहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपस्थित वक्ताहरूले मधेशको आर्थिक, सामाजिक तथा शैक्षिक विकाससँगै राजनीतिक स्थिरता आजको प्रमुख आवश्यकता रहेको भन्दै आपसी सहकार्य र एकताको आवश्यकता औँल्याएका थिए ।
संस्थाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र माघे संक्रान्ति पर्वको सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए भने मिडलिस्ट कोअर्डिनेटर अभय कुमार ठाकुरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण महासचिव चन्द्रवीर यादवले गरेका थिए । उनले मन्तव्यका क्रममा मधेशको शिक्षा क्षेत्रप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षा बिना विकास सम्भव नहुने बताए । शिक्षा सुधारका लागि राज्य, राजनीतिक दल तथा सामाजिक संघ–संस्थाहरूले तत्काल जिम्मेवारी लिनुपर्नेमा उहाँले कडा शब्दमा जोड दिए ।
कार्यक्रमको औपचारिक सुरुआत ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रगान तथा दिवंगत आत्माप्रति एक मिनेट मौनधारणबाट गरिएको थियो। सहभागी अतिथि, पदाधिकारी तथा मधेशी समुदायको उल्लेखनीय उपस्थितिले कार्यक्रम भव्य र सफल भएको आयोजकले जनाएको छ।