Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

पेट्रोलियम पदार्थको मूल्य घट्यो

०३ शुक्रबार , माघ २०८२३ घण्टा अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । निगमले गएराति १२ बजेपछि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको हाे ।

निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँका दरले घटाइएको छ । जसअनुसार अव पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ ।

अहिले नेपालमा इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य समायोजन गरिएको निगम सञ्चालक समितिले जनाएको छ ।