Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पेट्रोलियम पदार्थको मूल्य घट्यो

०३ शुक्रबार , माघ २०८२एक महिना अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । निगमले गएराति १२ बजेपछि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको हाे ।

निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँका दरले घटाइएको छ । जसअनुसार अव पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ ।

अहिले नेपालमा इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य समायोजन गरिएको निगम सञ्चालक समितिले जनाएको छ ।