Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनचाँदीकाे मूल्यमा गिरावट

०२ बिहिबार , माघ २०८२एक महिना अगाडि

सुनचाँदीकाे मूल्यमा गिरावट

नेपाली बजारमा लगातार उकालो लागि रहेकाे सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पाँचौं दिन सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले गिरावट आएको हाे ।

गिरावटसँगै बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । हिजाे सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ हुँदै अहिलेसम्मकै रेकर्ड ताेडेकाे थियाे ।

आज चाँदीको भाउ पनि ओरालो लागेर ५ हजार ४ सय ८५ रुपैयाँमा रुपैयाँमा काराेबार भइरहेकाे छ । महासंघका अनुसार बुधबार प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ५ हजार ४ सय ८५ रुपैयाँमा सीमित भएको हाे ।