Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनसरीमा ट्रक दूर्घटनामा परि ५ जनाको मृत्यु

०२ बिहिबार , माघ २०८२एक दिन अगाडि

सुनसरीमा ट्रक दूर्घटनामा परि ५ जनाको मृत्यु

आज बिहान सुनसरीमा ट्रक दूर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८, स्थित सोनीयाहीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हाे ।

को १ ख ४५४१ नम्बरको ट्रक मार्बल बोकेर विराटनगरबाट राजविराज जाँदै गर्दा बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएकाे छ । उक्त दुर्घटनामा परि एकै गाउँका ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निशु गुरुङ र चद्र गुरुङकाे मृत्यु भएकाे छ ।

उक्त मार्बल बाेकेकाे ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको मार्बलले नै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन् ।

त्यसैगरि ट्रककाे अगाडि बसेका पाँच जनामध्ये तीन जना सामान्य घाइते भएका छन् भने उनीहरूको विराट नरसिंह होममा उपचार भइरहेको छ । दुर्घटना पछि ट्रक चालक फरार भएकाे प्रहरीले जनाएकाे छ ।